आन्तरिक राजश्व कार्यालय, बुटवलद्वारा लक्ष्यभन्दा बढी राजश्व संकलन

बुटवल । आन्तरिक राजश्व कार्यालय, बुटवलले गत आर्थिक वर्ष लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।
७ अर्ब ८३ करोड २ लाख संकलनको लक्ष्य पाएको कार्यालयले करिव ५२ करोड बढी ८ अर्ब ३४ करोड ४८ लाख संकलन गरेको हो ।
मुलुकका अधिकांश कार्यालयको राजश्व लक्ष्य नपुगेका बेला आन्तरिक राजस्व कार्यालय, बुटवलले भने धेरै संकलन गरेको छ। कार्यालयले अन्तःशुल्कबाट सबैभन्दा बढी ५ अर्ब ३४ करोड ३५ लाख रुपैयाँ संकलन गरेको आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत टेक बहादुर चौधरीले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष करदाता दर्तासमेत उल्लेखनीय रुपमा बढेको कार्यालयले जनाएको छ । लामो समयदेखि कर वक्यौता राख्ने करिव ३ दर्जन करदाताको देशभर रहेका बैंक खाता रोक्का गरिएको छ ।
यस्तै, कार्यालयले लामो समयदेखि विवरण नबुझाउने र सम्पर्कमा नआउने करिव ३ सय करदाताको दर्ता खारेज गरेको छ ।
प्रतिक्रिया