आर्थिक

आज मौद्रिक नीति सार्वजनिक हुँदै

हिमालय टिभी
२०७६ साउन ८ गते ८:०४
आज मौद्रिक नीति सार्वजनिक हुँदै

काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति आज आज सार्वजनिक हुने भएको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आज अपराह्न ४ बजे र्‍याडिसन होटल, लाजिम्पाटमा मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिनुभयो ।

सञ्चालक समितिबाट मौद्रिक नीति पारित भइसकेकाले नीति सार्वजनिक हुने पक्का भएको डेपुटी गभर्नर शिवाकोटीले जानकारी दिनुभयो । राष्ट्र बैंकले असार मसान्तमै मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको थियो । तर, यसका लागि आवश्यक बोर्ड बैठक बस्न नसक्दा ढिलाइ भएको थियो ।

आज बिहान बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले मौद्रिक नीति अनुमोदन गरेको हो ।

यसअघि ठूला बैंक मर्जरका बारेमा केही मतभिन्नता देखिएको थियो । नीतिमा फोर्स मर्जर भने आउने छैन । मर्ज तथा एक्विजिसनमा जाने वित्तीय संस्थालाई विभिन्न छुटका प्रस्ताव आउन सक्नेछ । मौद्रिक नीतिले बजेटले लिएका लक्ष्य र उद्देश्य पूरा गर्नेगरि कार्यक्रमहरु ल्याउने छ ।

८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यलाई पूरा गर्ने गरी नीति आउनेछ । यसैगरी, बढ्दो ब्यापार घाटा तथा उच्च शोधनान्तर घाटालाई व्यवस्थापन गर्नेगरि नीति सार्वजनिक हुनेछ ।

उत्पादनमूलक क्षेत्रमा जाने कर्जामा थप विस्तार, आयात निरुत्साहित लगायतका नियमित कार्यक्रमले यसपटक पनि निरन्तरता पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *