आर्थिक
मेगा बैंकको ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजना सार्वजनिक
२०७६ साउन ७ गते १२:४८
काठमाडौं । मेगा बैंकले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ ।
दशौं वर्ष प्रवेश गरेको अवसरमा बैंकले छात्रवृत्ति योजना सार्वजनिक गरेको हो । शिक्षाबाट बञ्चित छात्रालाई कक्षा १२ सम्म अध्ययनका लागि आवश्यक आर्थिक सहायता दिने गरी सबै शाखाबाट छात्रवृत्ति योजना लागू गरिएको बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिनुभयो ।
्देशभर मेगा बैंकका १०२ वटा शाखा र १९ एक्सटेन्सन काउन्टर छन् । बैंकको निक्षेप गत वर्षको १९ अर्बबाट बढेर ८२ अर्ब पुगेको छ ।
प्रतिक्रिया