कतारसँग नेपाल चार विकेटले पराजित
काठमाडौं । टि–ट्वेन्टी विश्वकप क्रिकेट एसियाली छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । प्रतियोगिताको दाबेदार नेपाल कतारसँग ४ विकेटको हार ब्यहोर्न बाध्य भयो ।
इण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १ सय २३ रनको कमजोर लक्ष्य कतारले चार बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो । कतारलाई जिताउन इनाम उल हकले ३२ बलमा ४१ रनको महत्वपूर्ण योगदान दिए । यस्तै कमरान खानले पनि २२ रन बनाए ।
सन्दीप लामिछानेले तीन र करण केसीले एक विकेट लिए पनि हार टरेन ।
टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदा १ सय २२ रन बनाएको थियो ।
दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४, कप्तान पारस खड्काले २८ ज्ञानेन्द्र मल्लले २३ र सोमपाल कामीले ११ रन बनाए । शरद भेषवाकरले ७, विनोद भण्डारीले तीन, करण केसीले ४, सन्दिप लामिछानेले ९ र वसन्त रेग्मीले १ रनमात्र बनाउन सके ।
कतारका इक्बाल हुसेन अन्तिम ओभरमा ह्याट्रिक गरे । तमुर सज्जाद र नउमन सरवारले दुई –दुई विकेट लिए ।
प्रतिक्रिया