समाज

लाभग्राहीको सूचीमा रहेर समयमा सम्झौता नगर्नेहरुको नाम हटाइयो

हिमालय टिभी
२०७६ साउन ७ गते ११:१२
लाभग्राहीको सूचीमा रहेर समयमा सम्झौता नगर्नेहरुको नाम हटाइयो

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि तोकिएको समससीमाभित्र सम्झौता नगर्नेहरुको नाम लाभग्राहीको सूचीबाट हटाएको छ ।

लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम सूचीबाट हटाएको प्राधिकरणले २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरुलाई पनि सूचीबाट हटाएको छ ।

लाभग्राहीमा परे पनि ५७ हजार ३ सय ९ परिवारले अनुदान सम्झौता गरेका छैनन् । कूल लाभग्राही ८ लाख २६ हजार ९ सय ३३ भएकोमा ७ लाख ६९ हजार ६ सय २४ ले अनुदान सम्झौता गरेका छन् ।

यस्तै अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या ५ हजार ५ सय ४० छ । पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले यसअघि प्राधिकरणले गरेका निर्णयहरुलाई कार्यान्वयन गर्ने क्रममा समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको नाम लाभग्राहीको सूचीबाट हटाएको जानकारी दिनुभयो ।

प्राधिकरणले २०७६ जेठ मसान्तसम्म लाभग्राही सूचीमा समावेश भएकाले अनुदान सम्झौता गर्ने समयसीमा २०७६ असार २१ गतेसम्मलाई तोकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्