समाज

गल्मीमा पहिरोमा पुरिँदा ९ जनाको मृत्यु, चार जना बेपत्ता

हिमालय टिभी
२०७६ साउन ७ गते ११:०८
गल्मीमा पहिरोमा पुरिँदा ९ जनाको मृत्यु, चार जना बेपत्ता

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर कम्तिमा ९ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् ।

जिल्लाको सत्यवति र ठुलो लुम्पेक गाउँपालिकाका गएको पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

सत्यवती गाउँपालिका ४ लिम्घामा पहिरोले घर वगाउँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । २ जना हराएका छन् ।

पुरिएर ६० वर्षीया छल्दली विक, २८ वर्षीया पम्फु विक, २५ वर्षीया निर्मला विक, ७ वर्षीया सिवानी विकक, १२ वर्षीया अंजली विक , १० वर्षीय हेमन्त विक र ६५ वर्षीया दुर्गाबहादुर सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रविन्द्र खडकाले जानकारी दिनुभयो । तारा विक र सुमन विक हराइरहेका छन् ।

यस्तै सत्यवति गाउँपालिका ३ को ठूलो लुम्पेकमा पहिरोमा पुरिएर ३२ वर्षीया तिलकुमारी तरामु र उनका छोरा ९ वर्षीय दर्शन तरामुको मृत्यु भएको छ । सोही वडाको सिम्लीमा पहिरोले घर बगाउँदा ४० वर्षीया माया बिक र १६ वर्षीय गबि बिक हराएका छन् ।

पहिरोमा पुरिएर २ जना सामान्य घाइते भएका छन् । बेपत्ता भएकाहरुको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेका छन् । घटनास्थल सदरमुकाम तम्घासबाट ७० किलोमिटरको दुरीमा छ । हिंजो रातिदेखि परेको वर्षाका कारण गुल्मीका विभिन्न स्थानमा पहिरो गएको छ ।

ब्म्म्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्