समाज

तिलगंगा आँखा अस्पताललाई विश्व स्वास्थ्य संगठनको मान्यता

हिमालय टिभी
२०७६ साउन ६ गते ११:१३
तिलगंगा आँखा अस्पताललाई विश्व स्वास्थ्य संगठनको मान्यता

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रको रुपमा मान्यता दिएको छ ।

२५ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा डब्लूएचओले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरिएको हो ।

आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन र अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएकाले यस अस्पताललाई आफ्नो समन्वय केन्द्रमा मान्यता दिइएको डब्लूएचओले जनाएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालले आँखाको उपचारको क्षेत्रमा महत्वपूर्ण काम गरेर मुलुकको समृद्धिमा योगदान पुर्‍याएको बताउनुभयो ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आँखाको स्वास्थ्य सेवालाई अन्य सेवासँगै अघि बढाउने गरी सरकारले स्वास्थ्य नीति ल्याएको बताउनु भएको छ ।

तिलगंगा आँखा अस्पतालले अहिलेसम्म ६० लाख आँखा रोगीको उपचार गरेको छ । जसमध्ये ४ लाख बढीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्