समाज
निर्माणाधिन मन्दिरको छत खसेर दुई जनाको मृत्यु
२०७६ साउन ६ गते ७:०९
पाँचथर । पाँचथरमा एक निर्माणाधिन मन्दिरको छत खसेर च्यापिँदा दुई जना मजदुरको मृत्यु भएको छ ।
हिलिहाङ गाउँपालिकामा निर्माणाधिन पार्कमा निर्माणाधिन मन्दीरको छत खस्दा सोही ठाउँका ५० वर्षिय जगत राई र ५१ वर्षिय रूद्र राईको मृत्यु भएको हो ।
उनीहरु मन्दिर निर्माणमा खटिएका थिए । पिलर उठाएर ढलान गरिएको छतको सटरिङ खोल्ने क्रममा आज बिहान छत खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया