समाज
आज पहिलो साउने सोमबार, भगवान शिवको पूजा आराधाना गरिँदै
२०७६ साउन ६ गते ६:५६

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।
साउनको सोमबार भगवान शिवको पूजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ आज बिहानैदेखि शिवमन्दिरहरुमा भक्तजनको भिड लागेको छ ।
आज विशेषगरी हिन्दु महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजाआजा गरी ब्रत बस्ने गर्छन । साउन महिनाको सोमबार भगवान शिवको प्रिय दिन मानिन्छ ।
त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो वस्त्र तथा चुरापोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
आज बोलबम जाने प्रचलन समेत रहेको छ । बोलबमका लागि नेपालका विभिन्न जिल्ला र भारतीय हिन्दुहरुको समेत उपस्थिति रहने गरेको छ ।
प्रतिक्रिया