समाज

नुहाउन गएका तीन युवतीको डुबेर मृत्यु

हिमालय टिभी
२०७६ साउन ६ गते ६:५०
नुहाउन गएका तीन युवतीको डुबेर मृत्यु

दाङ । दाङमा पोखरीमा नुहाउन गएका तीन युवतीको डुबेर मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका –१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर तीन युवतीको मृत्यु भएको हो ।

पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका–१८ अम्वापुरकी बसन्ता विक, घोराही १८ सालघारीकी झरणा बिक र झरनाकी बहिनी १६ वर्षीया अमृता विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनु भयो ।

उनीहरुलाई आइतबार साँझ पौने ८ बजेतिर पोखरीमा डुबेको अवस्थामा प्रहरीले उद्दार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । तर, प्रतिष्ठानले उनीहरूलाई मृत घोषित गर्‍यो ।

प्रहरीले घटनामा अनुसन्धान भइरहेको जनाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे यथार्थ विवरण प्राप्त हुने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्