प्राधिकरणको अनियमितता छानविन गर्न उपसमिति गठन

काटमाठौं । नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनबारे अध्ययन गर्न संसदीय उपसमिति गठन भएको छ ।
सार्वजनिक लेखा समितिको बैठकले समिति सदस्य मिनेन्द्र रिजालको नेतृत्वमा पाँच सदस्यीय उपसमिति बनाएको हो ।
उपसमितिमा डा।सूर्य पाठक, तेजुलाल चौधरी, प्रदीप यादव र पार्वती कुमारी विशंखे सदस्य हुनुहुन्छ । यसअघि समितिमा यस सम्बन्धमा समिति सदस्यहरुले प्रश्न उठाउँदै आएका थिए ।
समिति सदस्य अमनलाल मोदीले अनियमितता भएको दावीसहित प्रश्न उठाएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसको पुष्टि गर्न चुनौती दिनुभएको थियो । र, चर्को विवाद समेत भएको थियो ।
लोडसेडिङ माफियाले १० अर्बभन्दा बढी विद्युत महशुल नबुझाएको भन्दै लेखा समितिले यसअघि पटक–पटक सरकार र सरोकारवाला पक्षसँग छलफल गरेको थियो ।
विभिन्न ठूला घरानिया व्यापारीहले सर्वसाधरणलाई लोडसेडिङमा पारेर आफूले डेडिकेटेड र ट्रंकलाइन सुविधाको नाममा २४ सै घण्टा बिजुली उपभोग गर्ने गरेको आरोप समिति सदस्यहरुले लगाउँदै आएका छन् । उपसमितिलाई कहिलेसम्म अध्ययन गरी प्रतिवेदन बुझाउने भनेर समय भने तोकिएको छैन् ।
प्रतिक्रिया