लिखित निर्देशन नआएको भन्दै भारतीय तरकारीमा विषादी जाँच गर्न बन्द
काठमाडौं । नेपालगन्ज भन्सार कार्यालयले विषादी प्रयोगशालाको रिपोट बिनै भारतबाट तरकारी आयात गर्ने स्वीकृत दिने गरेको छ ।
सर्वोच्च अदालतले भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षणको काम नरोक्न आदेश दिए पनि भन्सार कार्यालयले लिखित निर्देशन नपाएको भन्दै विषादी परीक्षण अनिवार्य गर्न नमिल्ने बताएको छ ।
सरकारले असार १९ गते भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएपछि भन्सार विभागले देशभरका भन्सार कार्यालयलाई विषादी परीक्षणबिनै तरकारी आयात गर्ने अनुमति दिनु भन्ने लिखित निर्देशन दिएका थियो ।
सर्वोच्वले अन्तरिम आदेश जारी गरे पनि भन्सार विभागले कुनै लिखित निर्देशन नदिएका कारण विषादी परीक्षणबिनै तरकारी आयात गर्ने अनुमति दिने गरिएको कार्यालयले जनाएको छ ।
एक सातादेखि नेपालगन्जको रानी तलाउनमा रहेको विषादी अन्वेषण द्रुत विश्लेषण प्रयोगशाला बन्द भएको तरकारी ब्यबसायीहरुले बताएका छन ।
विषादी प्रयोगशाला नेपालगन्जले भने कर्मचारी र भौतिक पूर्वाधार अभावमा विषादी परीक्षणको काम प्रभावकारी बन्न नसकेको जनाएको छ ।
नेपालगन्ज नाका हुँदै दैनिक करिब १ करोड मुल्य बराबरको तरकारी तथा फलफुल आयात हुने गरेको छ ।
प्रतिक्रिया