आर्थिक

मुलुकको पछिल्लो वित्तीय स्थिति खस्कियोः राष्ट्र बैंक

हिमालय टिभी
२०७६ साउन ४ गते ६:३६
मुलुकको पछिल्लो वित्तीय स्थिति खस्कियोः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको पछिल्लो वित्तीय स्थिति खस्किएको जनाएको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको जेठसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै अर्थतन्त्रका अधिकांश सूचक नकारात्कम रहेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार देशमा महँगी बढ्दै गएको छ । आर्थिक वर्ष २०७४/७५ को जेठमा मूल्य वृद्धि दर ४ दशमलव १ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७५(७६ को जेठमा ६ दशमलव २ प्रतिशत पुगेको छ । गत वैशाखमा मूल्य वृद्धि दर ५ दशमलव ३ प्रतिशत थियो ।

त्यस्तै यही अवधिमा व्यापार घाटा १२ खर्ब ११ अर्ब नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७ दशमलव २ प्रतिशतले बढी हो ।

व्यापार घाटा बढ्दै जाँदा शोधनान्तर घाटा समेत बढेको छ । गत आर्थिक वर्षको जेठसम्ममा मुलुकको शोधनान्तर स्थिति ९० अर्ब ८३ करोड घाटामा छ। यसका कारण विदेशी विनिमय सन्चितीमा समेत गिरावट आएको छ ।

आर्थिक वर्ष २०७४/७५ को असारमा विदेशी विनिमय सन्चिती ११ खर्ब २ अर्ब रहेकोमा गत आर्थिक वर्षको जेठसम्म आइपुग्दा १० खर्ब ३० अर्बमा झरेको छ । मुलुकको अधिकांश आर्थिक सूचक नकारात्मक भएपनि रेमिट्यान्सले भरथेग गरेको छ ।

यस अवधिमा विदेश जानेको संख्या ३७ प्रतिशतले घटेपनि रेमिट्यान्स भने १७ दशमलव ५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ११ महिनामा ७ खर्ब ९९ अर्ब रेमिट्यान्स भित्रिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *