समाज
घस लिँदालिँदै सडक डिभिजनका कम्प्युटर अपरेटरसहित दुई जना पक्राउ
२०७६ साउन २ गते १३:१८

तनहुँ । सडक डिभिजन कार्यालय दमौलीका कम्युटर अपरेटरसिहत २ जना घुससिहत पक्राउ परेका छन् ।
डिभिजन कार्यालय दमौलीका कम्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन् ।
उनीहरुले सडक स्तरोन्नति सम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत विभिन्न बहानामा सेवाग्राहीसँग घुस, रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराको टोलीले उनीहरुलाई कार्यालय परिसरबाटै पक्राउ परेको हो ।
प्रतिक्रिया