राजनीति
बाँधको चाबी भारतसँग हुनु गलतः साह
२०७६ साउन २ गते १०:२४
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले भारतले बनाएका बाँधका ढोकाको चाबी भारतसँग मात्रै हुनु गलत भएको बताउनुभएको छ ।
हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा साहले भारतसँग भएका असमान सन्धि तत्काल पुनरावलोकन हुनु जरुरी रहेको बताउनुभयो ।
भारतभन्दा भौगोलिक उचाइमा रहेर पनि नेपाल सधैं डुवानमा पर्दा छिमेकी भारतलाई लाज लाग्नु पर्ने साहको टिप्पणी छ । नेपाललाई डुवानमा पार्ने काम तत्काल रोक्न उहाँले भारतसँग आग्रह गर्नुभयो ।
बाढीका समयमा भारतले बाँधको ढोका नखोल्दा नेपाली भूमि डुवानमा पर्ने गरेको छ ।
प्रतिक्रिया