मोरङमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

मोरङ । मोरङको पथरीमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । १९ जनाभन्दा बढी घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तरगत पथरीखोला नजिकै को १ ख ४८४२ नम्वरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा बसका सहचालक मोरङ कानेपोखरी गाउँपालिका-३ का ३१ वर्षीय टीकाराम थापा र पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु हुने भएको प्रहरीले जनाएको छ ।
कानेपोखरीबाट काँकडभिट्टा जाँदै गरेको बस विपरीत दिशामा रहेको पिकअप भ्यानलाई जोगाउन खोज्दा बिच सडकमा पल्टिएको थियो ।
घाइतेमध्ये ५ जनाको न्युरो अस्पताल विराटनगर, ८ जनाको मोरङ डाइनेस्टिक अस्पताल पथरी, ६ जनाको पथरी अस्पताल र अरुको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया