राजनीति

लोकसेवाको विज्ञापनविरुद्ध जातीय संगठनहरुको प्रदर्शन

हिमालय टिभी
२०७६ साउन २ गते ७:२८
लोकसेवाको विज्ञापनविरुद्ध जातीय संगठनहरुको प्रदर्शन

काठमाडौं । संविधानमा तोकिए अनुसार आरक्षणको व्यवस्था नगरी स्थानीय तहमा विज्ञापन खुलाएको भन्दै विभिन्न जातीय संगठनले लोकसेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन ।

परीक्षा सुरु हुनु एक दिनअघि आरक्षण बचाउ अभियानको अगुवाईमा विज्ञापन खारेजीको माग गर्दै प्रदर्शन भएको हो ।

प्रदर्शनका कारण आयोग अगाडिको सडकमा केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । प्रदर्शनकारीले सडक छेकेर प्रदर्शन गरेकाले केहीबेर सवारी आवागमन समेत प्रभावित भयो ।

तनावको अवस्था सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई हटाएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा लोक सेवा आयोगले गत असारमा स्थानीय तहका विभिन्न पदमा ९ हजार १३१ कर्मचारी माग गरेको थियो ।

जेठ १५ गते प्रकाशित लोकसेवा आयोगको विज्ञापन असंवैधानिक भन्दै नेपाल आदिवासी जनजाति महासंघ, जातीय संघ–संगठन लगायत विभिन्न राजनीतिक दलहरुले चरणबद्धरुपमा आरक्षण बचाउ अभियान अन्तर्गत आन्दोलन गर्दै आएका छन् ।

सर्वोच्च अदालतले विज्ञापन खारेज गर्न नपर्ने फैसला गरेपछि लोक सेवा आयोग परीक्षा सञ्चालनको तयारीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्