आर्थिक

कुनै पनि तरकारीमा खान नमिल्ने विषादी फेला नपरेको दावी

हिमालय टिभी
२०७६ साउन २ गते ७:०९
कुनै पनि तरकारीमा खान नमिल्ने विषादी फेला नपरेको दावी

काठमाडौं । कृषि मन्त्रीको निर्देशनपछि कालिमाटीमा गरिएको परीक्षणमा कुनै पनि तरकारीमा खान नमिल्ने खालको विषादी नभेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले गत शुक्रबार कालिमाटीमा भित्रिएका तरकारीको नमून संकलन गरी विषादी परीक्षणको प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको थियो ।

विभागले बुझाएको प्रतिवेदन अनुसार ९ वटा उत्पादनमा ३० प्रकारका विषादीको परीक्षण गर्दा खान नमिल्ने खालको विषादी नभेटिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो ।

सबै उत्पादनमा सरकारले तोकेको मापदण्डभित्रैको विषादी प्रयोग भएको पाइएको प्रवक्ता महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार सुनसरीको लौका, रामकोट काठमाडौंको गोलभेडा र भक्तपुरको बोडी तथा भारत कानपुरको आलु र लौकामा एकै प्रकारको क्लोरोपाइडापस नामक विषादी प्रयोग भएको छ ।

९ वटा उत्पादनमा ३० वटा विषादीको चेक गर्दा सबैमा निलो अर्थात सरकारले तोकेको मापदण्डभित्रै विषादी प्रयोग भएको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *