समाज
बाढी, पहिरो र डुवानमा मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३१ जना बेपत्ता
२०७६ साउन २ गते ७:०५

काठमाडौं । वर्षाका कारण बाढी, पहिरो र डुवानबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।
बाढी, पहिरो र डुवानका कारण अहिलेसम्म ३१ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढी पहिरोमा घाइते भएकामध्ये ११ जनाको उपचार भैरहेको र अन्यलाई उपचारपछि घर पठाइएको छ ।
बाढी, पहिरो र डुवानमा परेका ३ हजार ३ सय ६६ जनाभन्दा बढीको उद्धार गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ । तथ्यांकसँगै राहत वितरणको कामलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया