समाज
लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध
२०७६ साउन २ गते ६:५८

काभ्रे । लेदो माटोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ ।
बिहीबार बिहानदेखि काभ्रेको नमोबुद्ध नगरपालिका– ५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
डोजेरले पहिरो हटाउने तयारी भइरहेको प्रहरीको भनाई छ । अहिले काठमाडौंबाट जाने गाडीलाई काभ्रेमा र पूर्वबाट आउने गाडीलाई सिन्धुलीमा रोकिएको छ ।
यस्तै, फाखेल र सिस्नेरी हुँदै हेटौंडा निस्कने बाटोमा पनि गाडी चल्न सकेको छैन । अरु बाटोमा भने सहज रुपमा गाडी चलिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया