आर्थिक

नेपाल आउने पर्यटकको संख्या बढ्यो

हिमालय टिभी
२०७६ साउन २ गते ६:४७
नेपाल आउने पर्यटकको संख्या बढ्यो

काठमाडौं । नेपाल भ्रमणमा विदेशी पर्यटकको संख्या १२ दशमल ६१ प्रतिशतले बढेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्मको ६ महिनामा पर्यटकको संख्या ५ लाख ८५ हजार ५ सय ३१ पुगेको हो।

४ लाख ९० हजार ५ सय ३४ जना पर्यटक हवाई मार्ग तथा ९४ हजार ९ सय ९७ जना पर्यटक स्थलमार्ग हुँदै आएको बोर्डले जनाएको छ । सन् २०१८ को यही अवधिमा ५ लाख २० हजार १४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन बढेपनि उत्साहजनक भने होइन । सन् २०१८ को पहिलो ६ महिनामा सन् २०१७ को तुलनामा २५ प्रतिशत बढी नेपाल भित्रिएका थिए ।

सरकारले आगामी वर्षलाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर पर्यटन वर्षको पूर्वसन्ध्यामा समेत अपेक्षाकृतरुपमा पर्यटक नभित्रिएको बोर्डको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *