समाज
लक्ष्य पूरा हुने गरी काम गर्न कर्मचारीहरुलाई मन्त्री बाँस्कोटाको निर्देशन
२०७६ साउन १ गते १२:२४

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारको घोषित लक्ष्य पूरा हुनेगरी काम गर्न मातहतका सबै निकायलाई कडा निर्देशन दिनु भएको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको नयाँ आर्थिक वर्षको एकीकृत कार्य योजना सार्वजनिक गर्दै उहाँले एउटा निकायले गल्ती गरे त्यो देशका लागि गम्भिर क्षति हुने र त्यसले प्रतिक्रान्तिको बाटोमा लैजानेतर्फ सचेत गराउनुभयो ।
मन्त्री बाँस्कोटाले गत आर्थिक वर्ष आफ्नो मन्त्रालयले गरेको काम सन्तोषजनक रहे पनि सन्तुष्ट हुने खालको नरहेको भन्दै चालू आर्थिक वर्षका घोषित सबै पुरा गर्ने गरी काम गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।
मन्त्रालयको घोषित कार्यक्रममा नागरिकप्रति उत्तरदायी भएर काम भए, नभएको नियमित अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
प्रतिक्रिया