आर्थिक

ढुवानीमा अनलाइन निगरानी प्रणाली भीसीटीस सुरु

हिमालय टिभी
२०७६ साउन १ गते ११:२९
ढुवानीमा अनलाइन निगरानी प्रणाली भीसीटीस सुरु

काठमाठौं । सरकारले मालवस्तु तथा ढुवानीका साधनको अनलाइन अनुगमन प्रणाली (भीसीटीएस) सुरु गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अवैध आर्थिक कारोबार अन्त्य गर्दै औपचारिक अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ सरकारले ‘भेहिकल एण्ड कनसाइनमेन्ट ट्राकिङ सिस्टम’ यो प्रणालीको सुरुवात गर्नु परेको स्पष्ट पार्नुभयो ।

ढुवानी गरिने मालसामानको विवरण वेभमा आधारित केन्द्रिय सूचना प्रणालीमा राखेर मात्रै एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नुपर्ने प्रणाली भी सी टी एस हो। यो व्यवस्था लागू भएसँगै अब सरकारले मालबाहक सामान जाँच्र राखेका ढाँट हटाइने र सामान ढुवानीमा सजिलो हुने नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताउनुभयो ।

राजस्व अनुसन्धान विभागको वेभसाइट डी आर ई डट गभ डट एनपी (www.dre.gov.np) मा गएर उद्योगी व्यवसायीले ढुवानी गर्ने वस्तु र साधनको संक्षिप्त विवरण यो प्रणालीमा राख्ने व्यवस्था गरिएको छ ।

यसो गर्दा अनौपचारिक क्षेत्रमा कारोबार हुने सबै आर्थिक कारोबार पनि पारदर्शी हुने अर्थमन्त्री खतिवडाले बताउनुभयो । यो प्रणालीबाट वस्तुको ढुवानी व्यवस्था अति सजिलो हुने पनि राजस्व अनुसन्धान विभागको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *