आर्थिक
गुणस्तरीय उत्पादनमा ध्यान दिन दुग्ध विकास संस्थालाई मन्त्रीको सुझाव
२०७६ साउन १ गते ११:२२

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले गुणस्तरीय उत्पादनमा केन्द्रित हुन दुग्ध विकास संस्थानलाई सचेत गराउनु भएको छ ।
दुग्ध विकास संस्थानको स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री खनालले गुणस्तरीय उत्पादन गरे बजार आफै विस्तार हुने बताउनुभयो ।
मन्त्री खनालले संस्थानलाई घाटामा जान नदिन पनि गुणस्तरीय उत्पादनमा जोड दिनुको विकल्प नरहेको बताउनुभयो ।
मन्त्री खनालले संस्थानलाई घाटामा लैजाने चिन्तनलाई परास्त गरेर अघि बढ्ने दृढता पनि व्यक्त गर्नुभयो । किसान र उपभोक्तालाई मारमा पार्ने काम गरे सैह्य नहुने चेतावनीसमेत मन्त्री खनालले दिनुभयो ।
प्रतिक्रिया