समाज
पोखरामा लागु औषध कारोबारीबाट ‘पेन गन’ बरामद
२०७६ साउन १ गते ११:१९

पोखरा । पोखरामा प्रहरीले लागू औषध कारोबारीसँग पेन गन फेला पारेको छ ।
पोखरा उपमहानगरपालिका-७ बस्ने २४ वर्षका सागर रानाभाटसँग प्रहरीले कलम जस्तै देखिने बन्दुक र त्यसमा लाग्ने सात राउन्ड गोली बरामद गरेको हो ।
रानाभाटको कोठामा छापा मार्दा पेन गन, गोली र लागू औषधसमेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झट्ट हेर्दा कलमजस्तो देखिने यो बन्दुकले नजिकैबाट प्रहार गर्दा मानिसको मृत्यु हुन सक्छ ।
यसमा २ दशमलव २ एमएम साइजको गोली प्रयोग हुन्छ । पछिल्लो पटक कास्की प्रहरीले लागू औषधविरुद्ध अभियान चलाइरहेको छ । यसअघि प्रहरीले गोली हानेर लागू औषध कारोवारीलाई समातेको थियो ।
प्रतिक्रिया