समाज

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा

हिमालय टिभी
२०७६ साउन १ गते ६:५९
योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ ।

गत मंसिरबाट सुरु गरिएको सामाजिक सुरक्षा योजना आजबाट कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले जनाएको छ । यो सँगै नेपालको संविधानले व्यवस्था गरेअनुसार सामाजिक सुरक्षा पाउने मौलिक हकलाई सुनिश्चित गर्न आधार तय भएको छ ।

सामाजिक सुरक्षा कोषले सुरुमा चार योजना सञ्चालन हुने जनाएको छ । जसमा औषधि, उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्त सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना रहेका छन् ।

सामाजिक सुरक्षासम्बन्धी कार्यविधिमा रोजगारदाता कम्पनीले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टा गरेर त्यसमा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था छ ।

योगदानवापतको रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरेपछि मात्रै सामाजिक सुरक्षा योजनाका सुविधाहरु प्राप्त हुनेछ ।

श्रमिक तथा कर्मचारीको सामाजिक सुरक्षाको सवालमा सरकार गम्भीर रहेको भन्दै गत मंसिर ११ गते ‘नयाँ युगको सुरुआत्’ नारा दिएर कोषको अवधारणा सार्वजनिक गरिएको थियो ।

सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन रोजगारदाता कम्पनी तथा व्यवसायिक संस्थाहरुलाई समयसीमा दिई आह्वान गरे पनि रोजगारदाताहरुको उल्लेखनीय सहभागिता भने देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्