समाज
भोजपुरमा पोखरीमा डुबेर दुई जनाको मृत्यु
२०७६ साउन १ गते ६:५७

भोजपुर । भोजपुरमा पोखरीमा डुबेर २ युवाको मृत्यु भएको छ ।
जिल्लाको आमचोक गाउँपालिका २ यूँमा पोखरीमा डुबेर आमचोक १ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र २० वर्षिय गेल्बु शेर्पाको मृत्यु भएको हो ।
हिजों दिउँसो घरबाट घुम्न निस्किएका दुई युवा आमचोक थामडाँडास्थित पोखरीमा राती मृत अवस्थामा फेला परेका थिए ।
उनीहरु पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको बताएको छ ।
प्रतिक्रिया