आर्थिक

असार सकिँदासम्म झण्डै ४१ प्रतिशत मात्र रोपाई

हिमालय टिभी
२०७६ साउन १ गते ६:५४
असार सकिँदासम्म झण्डै ४१ प्रतिशत मात्र रोपाई

काठमाडौं । असार सकिदा देशभर झण्डै ४१ प्रतिशत मात्र धान रोपाई भएको छ । गत वर्ष यही समयमा ९५ प्रतिशत बढी रोपाई भएको थियो ।

आकासे पानीको भरमा रोपाई गर्नुपर्ने भएकाले समयमै पानी नपर्दा यो वर्ष रोपाई कम भएको कृषि मन्त्रालयले जनाएको छ ।

असार अन्तिमसम्म मध्य पहाडमा ५४ प्रतिशत, उच्च पहाडमा ५२ र अन्नको भण्डार मानिने तराईमा ३५ प्रतिशत मात्र रोपाई भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रदेशगत हिसावले सुदुरपश्चिममा सबैभन्दा धेरै ७० प्रतिशत, कर्णाली र गण्डकी प्रदेशमा ६८ प्रतिशत, प्रदेश ५ मा ४८, प्रदेश १ मा ३६, ३ मा ३१ र प्रदेश २ मा १७ प्रतिशत रोपाई सकिएको छ ।

असारको अन्तिम साता देशभर वर्षा भएकाले रोपाई प्रतिशत बढ्ने मन्त्रालयको विश्वास छ । यो वर्ष समयमै वर्षा नभएको र रसायनिक मलको पनि अभाव भएकाले धान उत्पादनमा ५ प्रतिशत गिरावट आउने मन्त्रालयको अनुमान छ । गतवर्ष अहिलेसम्मकै धेरै ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *