आर्थिक
आजदेखि इन्टरनेटको शुल्क १३ प्रतिशत वृद्धि, शुल्क वृद्धि दुर्भाग्य हुने सरकारको चेतावनी
२०७६ साउन १ गते ६:४६

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले आजदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य वृद्धि गर्ने भएका छन्।
इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पान नेपालको निर्णयमा सबै सेवा प्रदायकले १३ प्रतिशत दूरसञ्चार शुल्क उठाउन सुरु गर्ने भएका हुन् ।
आइस्पानको यो निर्णयबाट उपभोक्ता भने मारमा पर्नेछन् । आइतबार बसेको आइस्पानको बैठकले सरकारले थपेको १३ प्रतिशत शुल्क उपभोक्ताबाट उठाउँने निर्णय गरेको हो।
सरकारले भने इन्टरनेटको शुल्क बढाए सेवा प्रदायकहरुका लागि दुर्भाग्य हुने चेतावनी दिएको छ ।
प्रतिक्रिया