राजनीति

संसदीय समितिको बैठक पनि स्थगित गर्न काँग्रेसको माग

हिमालय टिभी
२०७६ असार ३१ गते १०:३२
संसदीय समितिको बैठक पनि स्थगित गर्न काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद डिला संग्रौला र दिव्यमणि राजभण्डारीले बाढी, पहिरो र डुवान पीडितको सहयोगका लागि निर्वाचन क्षेत्रमा जानुपर्ने भन्दै बैठक स्थगित गर्न माग गर्नुभएको हो ।

प्रतिनिधिसभा बैठक स्थगित भएकाले संसदीय समितिको बैठक पनि एक हप्ता स्थगित हुनुपर्ने कांग्रेसको तर्क छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि एक हप्ता समितिको बैठक स्थगित गर्न माग गर्नुभयो ।

सत्तारुढ नेकपाका सांसदले भने कानुन निर्माणको काममा ढिलाई हुने भन्दै प्रतिनिधिसभा बैठक स्थगित भए पनि संसदीय समितिका बैठक भने स्थगित गर्न नहुनेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्