राजनीति

लोकसेवा आयोगको विज्ञापनविरुद्ध राजधानीमा प्रदर्शन

हिमालय टिभी
२०७६ असार ३१ गते १०:११
लोकसेवा आयोगको विज्ञापनविरुद्ध राजधानीमा प्रदर्शन

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षणविरोधी भन्दै आरक्षण बचाऔं आन्दोलनले काठमाडौंमा प्रदर्शन गरेको छ ।

माइतीघरमा भएको प्रदर्शनमा दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, अपांगता भएका लगायतको सहभागिता थियो । माइतीघरमा भेला हुनुअघि सुन्धारा, बानेश्वर र थापाथलीबाट र्‍याली निकालिएको थियो ।

संविधानअनुसार लोकसेवाले विज्ञापन सच्चाएर समावेशी विज्ञापन जारी नगरेसम्म प्रदर्शन नरोकिने आन्दोलनले बताएको छ । आन्दोलनकारीले अटेर गरी परीक्षा सञ्चालन गरे परीक्षा केन्द्रमा प्रदर्शन गर्ने र प्रश्नपत्र च्यात्नेसम्मको धम्की दिएका छन् ।

प्रदर्शनकारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पनि राजीनामा मागेका छन् । आन्दोलनमा सत्तारुढ समाजवादी पार्टीका नेताहरुको समेत ऐक्यवद्धता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्