समाज

बाढीपहिरो प्रभावित क्षेत्रमा दुषित पानीबाट रोग फैलन दिन चिकित्सकको सुझाव

हिमालय टिभी
२०७६ असार ३१ गते १०:०६
बाढीपहिरो प्रभावित क्षेत्रमा दुषित पानीबाट रोग फैलन दिन चिकित्सकको सुझाव

काठमाडौं । बाढीपहिरोले धेरै ठाउँमा पानीका मुहान दुषित भएका छन् । दुषित मुहानबाट आउने धमिलिएको पानीले विभिन्न रोगव्याधी निम्त्याउने जोखिम उच्च हुन्छ । घरमै पानी शुद्धिकरण गरेर प्रयोग गरे यस्तो जोखिमबाट बच्न सकिन्छ ।

बाढी पहिरो गएको ठाउँमा कतै पानीका मुहान डुवानमा परेका छन् त कतै दुषित भएका छन् । दुषित पानीको प्रयोगले बाढी प्रभावित क्षेत्रमा विभिन्न रोग फैलन सक्ने संभावना उच्च हुन्छ । चिकित्सकका अनुसार फोहोरमैला तथा दिसापिसाब मिसिएको पानी प्रयोग गरे झाडापखाला, हैजा, वान्ता जस्ता रोगको संक्रमण हुने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको भनाइ छ।

घरमै पनि सामान्यता पानीलाई फिल्टर गरेर वा उमालेर शुद्ध बनाउन सकिन्छ । तर बाढी पहिरोजस्तो विपदमा यी सबै प्रकृया असहज हुन जान्छन् । धमिलो पानीमा पियुस हाल्दा या घामपानी विधि प्रयोग गर्दा त्यो प्रभावकारी हुँदैन ।

यस्तो बेला पानी शुद्धिकरण गर्नुभन्दा पहिले सफा गर्नु आवश्यक छ । सफा गरिसकेपछि मात्रै पानीमा रहेका किटाणुलाई नष्ट गर्नुपर्छ ।

दिसापिसाबको सही व्यवस्थापनमा नहुँदा पनि बाढी पहिरो प्रभावित क्षेत्रमा पानी थप दुषित हुन सक्छ । यस्तो बेला झन् जोखिम निम्तने संभावना हुन्छ । त्यसैले बाढी पहिरो प्रभावित क्षेत्रमा दुषित पानीको प्रयोगले हुन सक्ने महामारी रोक्न विशेष ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्