समाज
वर्षा कम हुँदै, नदीका बहाव सामान्य, केही नदीमा सतर्कता अपनाउन सुझाव
२०७६ असार ३१ गते ७:०२

काठमाडौं । अब क्रमश वर्षा कम हुँदै गएको छ । मौसम पूर्वानुमान महाशाखाको बाढी सूचना केन्द्रका अनुसार आगामी ३ दिन प्रमुख नदीहरूमा बहाव सामान्य रहने छ ।
तर, पूर्वमा कन्काई, विरिङ, निन्दा र पश्चिम राप्ती, बबई, डुडुवा, मोहना, मछेलीका शाखा नदीहरूमा उच्च बहावको संभावना कायमै छ ।
यसबाहेक दाङ, बाँके, बर्दिया, कञ्चनपुर, कैलाली, सर्लाही, महोतरी, झापा, मोरङ जिल्ला भई बहने केही ससाना खोलामा पनि उच्च बहावको संभावना रहेको भन्दै केन्द्रले सतर्क रहन आग्रह गरेको छ ।
प्रतिक्रिया