समाज

प्रदेश २ का मुख्यमन्त्रीसहित सबैलाई एक महिनाको तलब बाढी पीडितलाई दिने

हिमालय टिभी
२०७६ असार ३१ गते ६:४९
प्रदेश २ का मुख्यमन्त्रीसहित सबैलाई एक महिनाको तलब बाढी पीडितलाई दिने

धनुषाधाम । वर्षा र बाढी प्रभावित परिवारको राहतका लागि प्रदेश २ का मुख्यमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यले एक महिनाको तलब दिने भएका छन् ।

प्रदेश २ सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले राहत, उद्धार तथा पुनःस्थापना तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलव उपलव्ध गराउने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले राहत वितरण प्रभावकारी बनाउन प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समिति गठन गरेको छ ।

समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्तिसहित अनुगनम र निरीक्षण गर्ने बताइएको छ । प्रदेश सरकारले यसअघि पठाएको राहत रकमको अनुगमन समेत सोही समितिले गर्नेछ ।

मन्त्रिपरिषदले साउन १ गतेदेखि प्रदेशका सबै मन्त्री , राज्यमन्त्री र प्रदेशसभा सदस्यलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुटन आग्रह गरेको छ ।

प्रदेश सरकारले बाढीबाट मृत्यु हुनेको परिवारलाई ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्