प्रदेश १
वर्षाका कारण विराटनगरका विद्यालय बन्द
२०७६ असार ३० गते १३:०५

मोरङ । अविरल वर्षाका कारण जलमग्न भएपछि विराटनगर महानगरपालिकाले नगर भित्रका सबै विद्यालय बन्द गरेको छ ।
महानगरभित्रका सबै सामुदायिक विद्यालय साउन १७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखाका उपसचिव दुर्गाप्रसाद खतिवडाले जानकारी दिनुभयो ।
खतिवडाका अनुसार अहिलेको विदा बर्खे विदाबाट कट्टी हुनेछ । महानगरभित्र ५५ वटा सामुदायिक र २० वटा धार्मिक विद्यालय छन् ।
महानगरले साउन १ गतेदेखि सामुदायिक विद्यालयलाई बर्खे विदा दिने तयारी गरेको थियो ।
त्यसैगरी निजी विद्यालय पनि केही दिनका लागि बन्द गरिएको प्याब्सन प्रदेश १ का कोषाध्यक्ष राजेश आचार्यले जानकारी दिनुभयो । महानगरमा १ सय ५ वटा संस्थागत विद्यालय छन् ।
प्रतिक्रिया