समाज

तत्कालीन उपकुलपतिसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टिभी
२०७६ असार ३० गते १३:०१
तत्कालीन उपकुलपतिसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपतिसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

वस्तु तथा सेवा खरिदको प्रक्रियामा १६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास, अस्पतालका तत्कालीन निर्देशक अरविन्दकुमार सिन्हा, तत्कालीन रजिष्टार नन्दकुमार थापा र तुलबहादुर श्रेष्ठसहित ८ जनाविरुद्ध आयोगले अभियोगपत्र दायर गरेको छ ।

दाससँग ४ करोड ९ लाख, सिन्हासँग ३ करोड ७५ लाख, थापासँग १ करोड ९६ लाख, श्रेष्ठसँग ५६ लाख रुपैयाँ विगो माग दावी गरिएको छ ।

यस्तै, प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवविरुद्ध पनि आयोगले आरोपपत्र दायर गरेको छ । दाहालसँग २ करोड ३४ लाख र श्रीवास्तवसँग १ करोड ७४ लाख रुपैयाँ माग दावी गरिएको छ ।

यस्तै, प्रतिष्ठानमा उपकरण आपूर्ति गर्ने चेतन अग्रवाल र उमेश अग्रवाललाई पनि आयोगले विपक्षी बनाएको छ । चेतनसँग १ करोड ४ लाख र उमेशसँग ६० लाख ३६ हजार रुपैयाँ विगो माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्