ज्येष्ठ नागरिकको पालनपोषणको जिम्मेवारी स्थानीय तहलाई दिने व्यवस्थामा सहमति

काठमाडौं । ज्येष्ठ नागरिकको पालनषोषण गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिने कानुनी व्यवस्था गर्ने सरकारको प्रस्तावमा सहमति जुटेको छ ।
संघीय संसदको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धि विधेयकमाथिको छलफलमा अलपत्र परेका ज्येष्ठ नागरिकहरुको पालनषोषणको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिने सहमति जुटेको हो ।
समितिले उनीहरुको सम्पत्ति पनि स्थानीय तहले नै आफ्नो स्वामित्वमा ल्याई सम्बन्धित ज्येष्ठ नागरिकको पालनपोषणमा खर्च गर्ने व्यवस्था गर्न पनि सरकारलाई सहमति दिएको छ ।
बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकहरुले आफ्नो सम्पत्ति आफूले चाहेको व्यक्तिलाई दिन पाउने प्रावधान पनि विधेयकमा राखिएको स्पष्ट पार्नुभयो ।
उहाँले ज्येष्ठ नागरिकहरुको चल/अचल सम्पत्ति उनीहरुलाई पालनषोषण गर्ने जोकोहीलाई पनि दिन सकिने व्यवस्था गर्ने बताउनुभयो ।
यसअघि ज्येष्ठ नागरिकको सम्पत्तिको भोगचलन हकवालाले मात्रै गर्ने कानुनी व्यवस्था थियो ।
प्रतिक्रिया