समाज

बाढीसँगै आएको सर्पले तीन जनालाई डस्यो

हिमालय टिभी
२०७६ असार ३० गते ११:१६
बाढीसँगै आएको सर्पले तीन जनालाई डस्यो

सप्तरी । बाढीसँगै बगेर आएको सर्पले डस्दा सप्तरीमा तीन जना घाइते भएका छन् ।

तिलाठी कोइलाडी गाउँपालिका १ का ५० बर्षिय रामकिसुन सदा, हनुमाननगर कंकालिनी नगरपालिका ७ का ६२ वर्षिय कृतन मण्डल र राजविराज नगरपालिका १२ का ३६ वर्षिय रामकुमार यादव घाइते हुनुभएको हो ।

तीनै जनाको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । अस्पतालको आकस्मिक कक्षका अहेव महानारायण यादवले पछिल्लो पाँच दिनमा सर्पले डस्दा ४४ जना घाइते भएको जानकारी दिनुभयो ।

सर्पदंशको घटना बढेपछि अस्पतालमा एन्टीस्नेक भेनम प्रयाप्त मात्रामा झिकाई स्टक गरिएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिनुभयो ।
सप्तकोशी, खाडो, जिता, बलान, महुली, त्रियुगा, खडग, भलुवाही लगायतका नदी खोलामा आएको बाढीले सोमबारसम्म सप्तरीमा तीन हजार पाँच सयभन्दा बढी घर डुवानमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्