कर्णाली प्रदेश

बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई एक लाख राहत

हिमालय टिभी
२०७६ असार ३० गते ११:१३
बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई एक लाख राहत

सुर्खेत । कर्णाली प्रदेश सरकारले डोल्पा लगायतका जिल्लामा बाढी पहिरोमा परेर ज्यान गुमाएका मृतकका परिवारलाई प्रति परिवार १ लाख रुपैयाँ राहत दिने भएको छ ।

कर्णाली प्रदेश विपद व्यवस्थापन परिषद बैठकले दुर्गम जिल्लामा उद्धारकार्यलाई प्रभावकारी बनाउन सुर्खेतमा एउटा हेलिकोप्टर तयारी अवस्थामा राख्नेसमेत निर्णय गरेको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रभावकारी रुपमा विपद व्यवस्थापन कार्यमा लाग्न सम्बन्धित सबैलाई निर्देशन दिनुभयो ।

उहाँले राप्ती लोकमार्ग, कर्णाली लोकमार्ग तथा जाजरकोट-डोल्पा सडकमा डोजरसहितको टोलीलाई ४० किलोमिटरको दुरीमा क्याम्प खडा गरेर बस्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *