समाज
सिंचाई डिभिजन कार्यालय भोजपुरका प्रमुख यादव घुससहित पक्राउ
२०७६ असार ३० गते ९:०६
भोजपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख इन्जिनियरलाई घुससहित पक्राउ गरेको छ ।
डिभिजन कार्यालयका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट एक लाख ८० हजार घुस लिंदै गर्दा अख्तियारले पक्राउ गरेको हो ।
षडानन्द नगरपालिका- १३ मा रहेको छाँगे खोला सिंचाई आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफारक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्ष लगायत पदाधिकारीबाट इन्जिनियर यादवले घुस लिएका थिए ।
प्रतिक्रिया