समाज

बाढी पीडितलाई सहयोगमा खटिन सभामुख महराको आग्रह

हिमालय टिभी
२०७६ असार ३० गते ८:५३
बाढी पीडितलाई सहयोगमा खटिन सभामुख महराको आग्रह

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सांसदहरुलाई प्राकृतिक विपद प्रभावित क्षेत्रमा पुगेर उद्धार र राहतमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठक ९ दिनका लागि स्थगित गरेपछि सभामुख महराले विज्ञप्ति निकालेर सांसदहरुलाई विपद पीडितको सहयोगमा खटिन आग्रह गर्नुभएको हो ।

संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक संघ संस्था, अभियन्ता र राजनीतिक दललाई पनि विपद प्रभावितको सहयोगमा खटिन सभामुख महराको अनुरोध छ ।

सभामुख महराले प्राकृतिक विपदबाट हुने जनधनको क्षति कम गर्न र विपद् आइपरेमा तत्काल उद्धार एवं राहतलाई अल्पकालीन र दीर्घकालीन योजना बनाई व्यवस्थित गर्न पनि सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्