अछाममा निउरो खाँदा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७६ असार ३० गते ७:४४
अछाममा निउरो खाँदा दुई जनाको मृत्यु

अछाम । अछामको रामारोशन गाउँपालिकामा जंगली निउरो खाँदा दुई जनाको मृत्यु भएको छ।

जंगली निउरोको तरकारी खाँदा रामारोशन वडा नम्बर ५ तल्लोपाटनका ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मनिषाको घरमै र रमेशको न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो। निउरो खाँदा गम्भीर विरामी भएकी मृतककी आमा ३१ वर्षिया नरपता बोहराको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *