समाज

बाढी प्रभावित क्षेत्रमा औषधिसहितको चिकित्सकको टोली परिचालन गरिँदै

हिमालय टिभी
२०७६ असार ३० गते ७:३७
बाढी प्रभावित क्षेत्रमा औषधिसहितको चिकित्सकको टोली परिचालन गरिँदै

काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रमा औषधि र चिकित्सकको टोली पठाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आज औषधि र चिकित्सकको टोली पठाउन थालेको हो ।

बाढी अति प्रभावित क्षेत्र पथलैया, बर्दिबास र लहानमा केही औषधिसहित तीन चिकित्सकको टोली पठाउने तयारी भएको मन्त्रालयले जनाएको छ । पथलैया जाने टोलीले बारा र पर्सा, बर्दिबास जाने टोलीले महोत्तरी, सर्लाही, धनुषा र लहान जाने टोलीले सिराहा, सप्तरीमा काम गर्नेछन् ।

केन्द्रबाट जाने टोलीले प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने तथा अवस्थाबारे अध्ययन गर्ने मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ प्रमुख डा. चुडामणी भण्डारीले बताउनुभयो ।

प्रभावित जिल्लामा विपद तथा विभिन्न रोगको महामारी निम्तन सक्ने भन्दै तयारी अवस्थामा रहन प्रदेश सरकारलाई मन्त्रायलये यसअघि निर्देशन दिएको छ । यस अघि हिजोको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो र डुवानमा घाइतेहरुको निशुल्क उपचार गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्