समाज
बाढी, पहिरोबाट थप क्षति हुन नदिन आवश्यक सेवा सुरु गर्ने सरकारको निर्णय
२०७६ असार २९ गते १२:४७

काठमाडौं । सरकारले बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल अत्यावश्यक सेवा सुरु गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकिस्मक बैठकले रक्षा, गृह र भौतिक पूर्वाधार मन्त्रालयले समन्वय गरेर विद्युत, सडक, खानेपानी लगायतका सेवा सहज बनाउने निर्णय गरेको हो । बैठकले प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउने र घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने निर्णय समेत लिएको छ ।
प्रभावित क्षेत्रमा प्रकोप फैलन नदिन औषधि र उपकरणसहित स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।
राहत तथा पुनर्निर्माणबारे थप निर्णय लिइने पनि उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया