भानु जयन्तीका अवसरमा राष्ट्रकति घिमिरेलाई सम्मान र रथारोहण

हिमालय टिभी
२०७६ असार २९ गते ९:५२
भानु जयन्तीका अवसरमा राष्ट्रकति घिमिरेलाई सम्मान र रथारोहण

काठमाडौं । २ सय ६ औं भानुजयन्तीको अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरिएको छ ।

भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उहाँकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान गरिएको हो ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई उहाँकै कद बराबरको अभिनन्दन पत्र प्रदान गरेर सम्मान गर्नुभयो ।

भानु जयन्तीकै अवसर पारेर राष्ट्रकवि घिमिरे र उहाँकी पत्नी महाकाली घिमिरेलाई रथारोहणसमेत गराइएको थियो ।

भानु प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य परिषद सिक्किम, असम नेपाली साहित्य सभा, नेपाली साहित्य परिषद, मणिपुर, नेपाल जनसांस्कृतिक मंच, कोलकाता, अखिल म्यान्मार देशीय हिन्दु धार्मिक संघ, म्यान्मारले भानुजयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई सम्मान गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *