समाज

बाढी र पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुँदा आवागमन प्रभावित

हिमालय टिभी
२०७६ असार २९ गते ९:४९
बाढी र पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुँदा आवागमन प्रभावित

काठमाडौं । बाढी, पहिरो र डुबानका कारण नेपालका राजमार्गहरुमा सवारी आवागमन प्रभावित भएका छन् ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत खुर्कोट(उदयपुर सडक खण्डमा विभिन्न स्थानमा पहिरोका कारण बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यसैगरी काठमाडौं-कुलेखानी(हेटौंडा सडक खण्ड अन्तर्गत फाखेलका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरोध रहेको प्रहरीले जनाएको छ ।

वीपी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालमा आएका छन् भने त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्