ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपालबाट मलेसिया पराजित

काठमाडौं । नेपालले मलेसियासँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खला २(० ले जितेको छ ।
दोस्रो तथा अन्तिम खेलमा मलेसियालाई ६ रनले हराउँदै नेपालले शृङ्खला क्लिन स्वीप गरेको हो । पहिले ब्याटिङ १ सय ७३ रन बनाएको नेपालले मलेसियालाई १ सय ६७ रनमा सीमित गर्दै रोमाञ्चक जित हासिल गर्यो ।
मलेसियाका सिएद अजिजले ५०, अमिनुद्दिन राम्लीले २४ र वीरनदीप सिंहले २३ रन बनाएपनि जिताउन सकेनन । नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए ।
क्वालालम्पुरको किनरारा ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले बीस ओभर ओभर पुरै खेलेर ६ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाएर नटआउट रहे ।
२५ बलको सामना गरेका विनोदले पाँच छक्का र तीन चौकाको मद्दतमा ५१ रन जोडे । यस्तै शरद भेष्वाकरले ४० र कप्तान पारस खड्काले १९ बलमा २३ रन बनाए । शनिबार भएको पहिलो खेलमा नेपाल सात विकेटले विजयी भएको थियो ।
प्रतिक्रिया