समाज
बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ४८ पुग्यो, ३४ जना अझै बेपत्ता
२०७६ असार २९ गते ७:५२

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परेर देशभर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । ३५ जना वेपत्ता भएका छन् ।
प्रहरीले काठमाडौं उपत्यकामा मात्र ८ जनाको मृत्यु भएको जनाएको छ । सबैभन्दा धेरै प्रदेश १ मा १७ जनाको मृत्यु भएको छ ।
प्रदेश ३ मा १२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । प्रदेश ५ अन्तर्गत पाल्पा र दाङमा एक–एक गरी दुई जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेशको डोल्पामा पनि २ जनाको मृत्यु भएको छ । त्यसैगरी ललितपुरमा ६ र भोजपुरमा पाँच जनाको मृत्यु भएको छ ।
मकवानपुर, खोटाङ र काभ्रेमा ३र३, धादिङ र सिन्धुलीमा २र२ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया