पहिरोले राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई सास्ती
काठमाडौं । पहिरोले सडक अवरुद्ध हुँदा बनेपा–बर्दिबास र बल्खु कुलेखानी सडकमा गाडी चल्न सकेका छैनन्।
बाढीपहिरोका कारण राजधानी काठमाडौं प्रवेश गर्ने यी दुई वैकल्पिक नाका अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्। अवरुद्ध सडक मर्मत गरेर सञ्चालन गर्ने पहल भैरहेको सडक विभागले जनाएको छ।
्
काठमाडौँबाट बनेपा–सिन्धुली हुँदै बर्दिबास निस्कने विपी राजमार्ग, बल्खु हुँदै कुलेखानी हेटौँडा जोड्ने सडक पूर्णरुपमा अवरुद्ध छ। हेटौँडा बल्खु सडक सञ्चालनमा आउँन अझै केही दिन लाग्ने सडक विभागले जनाएको छ।
यो सडकको हेटौँडा कुलेखानी खण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ। त्यसैगरी सिन्धुलीको खुर्कोट नजिक सडकमा माथिबाट ठूलो ढुंगो खस्दा गए रातिदेखि सडक अबरुद्ध छ। सडकको ढुंगा पन्छाएर राजमार्ग खुलाउने प्रयास भइरहेको सिन्धुलीका एसपी चन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
प्रतिक्रिया