समाज
बर्दियामा खोलामा डुबेर दुई जनाको मृत्यु
२०७६ असार २९ गते ७:४९

बर्दिया । बर्दियामा घर नजिकैको खोलामा डुवेर २ जनाको मृत्यु भएको छ ।
ठाकुरवावा नगरपालिका वडा नम्वर ६ मोतिपुर नजिक गिठे खोलामा पौडी खेल्ने क्रममा दुई जना बालबालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।
मृत्यु हुनेमा ठाकुरवावा नगरपालिका वडा नम्वर ६ मोतिपुरका राम बहादुर गिरीकी १० बर्षीय छोरी सीता गिरी र केसवनाथ योगीका ८ बर्षीय छोरा ध्रुवनाथ योगी रहेको प्रहरीले जनाएको छ ।
शनिबार बेलुकी ५ बजे तिर गिठेखोलामा ड्याम बनाउने क्रममा खाल्डो खनेको स्थानमा वर्षा भएपछि बढेको पानीमा नुहाउन गएका बेला डुबेरर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक प्रदिप कुमार डीसीले जानकारी दिनुभयो ।
प्रतिक्रिया